News Griha :: न्यूजगृह
५ देशमा राजदूत नियुक्त, को कहाँ?

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशमा राजदूत नियुक्त गरेका छन्।

राष्ट्रपतिले शुक्रबार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाका लागि आवासीय राजदूत पदमा नियुक्त गरेका हुन्। 

सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूतको नियुक्ति गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आज नियुक्त भएकाहरुको केही समयअघि नै संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भइसकेको थियो। 

8-28__आवासीय राजदूत नियुक्ति_2081-Scan_20241213

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १२:३४
Weather Update