News Griha :: न्यूजगृह
माओवादीले माग्यो सार्वजनिक लेखा समिति सभापतिको राजीनामा

काठमाडौं— नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ ।

पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पोखरेलको राजीनामा मागेका हुन्।

उमागौरी सहकारी प्रकरणमा पोखरेल पत्नी अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । यो मुद्दामा अञ्जलासहित २५ जना फरार छन्।

माओवादी दलका नेता आङ्बोले बिहीबार पत्रकार सम्मेलन गर्दै नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानका लागि सहजीकरण गर्न आग्रह गरे । उनले सहकारी ठगीमा दोषी देखिएकालाई कारवाही गर्नुपर्ने माग गरे ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १७:०२
Weather Update