राजनीति
बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्दै
1683120585.jpg)
काठमाडौं— बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।
बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्नेछ । यसअघि बसेको सत्तारुढ दलको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो ।
बैठक अपरान्ह बस्ने स्रोतले जनाएको छ । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा ल्याउने तयारी गरिरहेको छ । बैठकमा त्यसबारे पनि छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८० ०६:३८













