News Griha :: न्यूजगृह
नेपाल लाइफ २३ औँ वर्षमा

काठमाडौं— नेपाल लाइफ इन्स्योरेन्स २२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको छ ।

२१ वैशाख २०५८ सालमा स्थापित कम्पनीले बिहीबार विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ग्राहक, बीमा अभिकर्ता, सञ्चालक पदाधिकारी,  कर्मचारी, शेयरधनी , नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायहरूका साथसाथै सबै सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

आगामी दिनहरूमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम् प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूको सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाउँदो योजना ल्याउने उनले बताएका छन् ।

यसका साथै सम्पूर्ण सरोकारवालाहरूको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने उनले उल्लेख गरेका छन्। 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १०:०८
Weather Update