रास्वपाको केन्द्रीय र संसदीय दलको संयुक्त बैठक सुरु

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय र संसदीय दलको संयुक्त बैठक सुरु पार्टी मुख्यालय बसुन्धरामा सुरु भएको छ । रास्वपाले आजको बैठकबाट सरकारमा जाने नजाने निर्णण गर्नेछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको रास्वपामा विश्वासको मत फिर्ता लिएर प्रतिपक्षमा बस्नुपर्ने र काम गरेर देखाउन सरकारमा जानुपर्ने दुईथरी मत रहेका छन् ।
सत्ता गठबन्धनले भने रास्वपालाई सरकारमा आउन आह्वान गरिसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८० १८:०५













