सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
शुक्रबार पार्टी मुख्यालय बसुन्धरामा बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारको समर्थ फिर्ता लिने निर्णय गरेको हो ।
संयुक्त बैठकले सरकारमा नजाने र समर्थन पनि फिर्ता लिने निर्णय गरेकाे रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
सहमहामन्त्री बुर्लाकोटीले न्यूजगृहसँग भने,‘पार्टीको केन्द्रीय र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्ने निर्णय बैठकले गरेको छ ।’
सत्ता गठबन्धनले भने रास्वपालाई सरकारमा ल्याउन खोजिरहेकाे थियाे ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८० १९:२५













