कांग्रेस केन्द्रीय कार्यसमिति बैठक वैशाखभित्रै बस्ने तयारी

काठमाडौं— नेपाली कांग्रेसले वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने विषयमा छलफल गरेको छ ।
सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शुक्रबार बसेको पदाधिकारी बैठकमा वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउनेबारे छलफल भएको हो ।
बैठकपछि अर्थमन्त्रीसमेत रहेका प्रवक्ता डा.प्रकाशशरण महतले २८–२९ वैशाखतिर बैठक बोलाउने सम्भावना रहेको बताए । उनका अनुसार मिति भने तय हुन बाँकी छ ।
भ्रातृ संगठनलाई पूर्णता दिने, विभाग गठन गर्ने गृहकार्य सुरु भएको उनकाे भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८० २०:५२













