News Griha :: न्यूजगृह
रवि भन्छन्— सरकार बनाउने र ढाल्ने काम गर्दैनौं 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले बाटो बिराए आफूहरूले कदम चाल्ने बताउँदै सरकार बनाउने र ढाल्ने काममा नलाग्ने बताएका छन् ।

शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि बोल्दै उनले भने,‘गठबन्धन बनाउँदै, अस्थिर बनाउँदै हामी हिँड्दैनौँ, सरकारले बाटो बिराएको खण्डमा एउटा राजनीतिक दलले अवश्य पनि कदम चाल्छ, तर सरकार बनाउने र ढाल्नेभन्दा पनि रचनात्मक प्रतिपक्षको रूपमा प्रस्तुत गर्नेमा हाम्रो ध्यान केन्द्रित हुन्छ ।’

उनले प्रदेश संरचना नेता/कार्यकर्ता व्यवस्थापन गर्ने थलो मात्रै भएको भन्दै प्रदेश संरचनाबारे छलफल गर्नुपर्ने बताए । यही व्यवस्थाभित्र पनि जनताको अवस्था बदल्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  २१:२५
Weather Update