News Griha :: न्यूजगृह
संवैधानिक परिषद्को बैठक सोमबारका लागि बोलाइयो
फाइल तस्बिर ।

काठमाडौं— संवैधानिक परिषद्को बैठक बोलाइएको छ । सोमबार अपराह्न पाँच बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको हो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्त सिफारिस हुन नसकेको बेला शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बैठकबारे छलफल गरेपछि संवैधानिक परिषद् बैठकको मिति तय भएको हो । 

संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलका नेता पदेन सदस्य रहने व्यवस्था छ । यसअघिको परिषद् बैठकमा ओलीले पुराना कुरा कोट्याएको भन्दै कुनै निर्णय हुन सकेको थिएन । 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १९:५६
Weather Update