News Griha :: न्यूजगृह
रावा र मोदी इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं— मोदी इनर्जीको आईपीओमा आवेदन दिने आज वैशाख २४ गते आइतबार अन्तिम दिन हो । लगानीकर्ताले कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । कम्पनीले १९ वैशाखदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।

त्यसैगरी  रावा इनर्जी डेभलपमेन्टको आईपीओमा आवेदन दिने अन्तिम दिन पनि आजै रहेको छ । स्थानीय बासिन्दाले यसमा कार्यालय समय भित्रमा आवेदन दिनुपर्ने हुन्छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २३ चैतदेखि कम्पनीले आईपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले स्थानीय बासिन्दाका लागि आफ्नो जारी पुँजीको २८ करोड रुपैयाँको १० प्रतिशत अर्थात् २ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । जसअनुसार १०० अंकित मूल्यमा २ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ०९:५१
Weather Update