News Griha :: न्यूजगृह
आफ्नै पार्टी लक्षित गगन थापाको अभिव्यक्ति– अब त अति भयो !

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले आफ्नै पार्टीतर्फ लक्षित गर्दै त्यहाँको गतिविधिले आफू निराश भएको आशयको अभिव्यक्ति दिएका छन् ।

आइतबार साँझ फेसबुकमा लेख्दै महामन्त्री थापाले पार्टीमा आफूले कतिपय मुद्दामा अडान राखेको, लडेको र साथीहरूलाई सम्झाएको बताए ।

पार्टीमा प्रक्रिया, पद्धति नमिलेको, कति निर्णयहरू मन नपरेको र कतिपय आफूले राखेका विषयले प्रवेश नै नपाएको थापाको भनाइ छ ।

उनी भन्छन्,‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’

 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १९:१८
Weather Update