News Griha :: न्यूजगृह
राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा ठूलो भारी बोक्न सक्दैन : गभर्नर अधिकारी

काठमाडौं— नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका छन् ।

आइतबार काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन–२३ मा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकप्रति निकै धेरै अपेक्षा बढेको भन्दै क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका हुन् ।

उनले भने, ‘राष्ट्र बैंकले कति भार सहने मौद्रिक नीतिका आफ्ना सीमाहरू छन् । त्यो सीमासम्म राष्ट्र बैंकले पायौं भने सहन सक्छ । होइन भने त्यो सम्भव छैन । सबैलाई जे जति मौद्रिक नीतिको स्पेस छ त्यो स्पेशभित्र बसेर राष्ट्र बैंकले काम गर्छ ।’

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  २०:०८
Weather Update