News Griha :: न्यूजगृह
आजदेखि प्रि–बजेटमा प्रारम्भिक छलफल हुने

काठमाडौं— सोमबारदेखि तीन दिनसम्म प्रि–बजेटमा छलफल हुने भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आज सोमबारदेखि प्रि–बजेटमा छलफल हुनेछ । जसअनुसार २५–२७ वैशाखसम्म प्रि–बजेटमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार प्रि–बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात् २७ वैशाखमा अर्थमन्त्री प्रकाशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएको छ ।

संवैधानिक व्यवस्था अनुसार १५ जेठमा आउन लागेको बजेटको पूर्वसन्ध्यामा राजनीतिक दलहरूले  प्रि–बजेटमा छलफल सुरु गरेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ०६:४१
Weather Update