बुटवल-नारायणगढ सडक खण्डको काम २६ प्रतिशत मात्रै, तेस्रो पटक म्याद थप्ने तयारी

बुटवल— पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडक विस्तारका लागि थप डेढ वर्ष म्याद थप्न ठेकेदार कम्पनीले प्रस्ताव गरेको छ ।
कोरोनाको महामारी देखाउँदै यसअघि दुई पटक म्याद थप गरेको चिनियाँ ठेकेदार कम्पनीले डेढ वर्ष म्याद थप गरिदिन अनुरोध गरेको हो । सडक खण्डको काम २६ प्रतिशत मात्रै सम्पन्न भएको छ । चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले आगामी २२ भदौ सम्ममा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै यस अघि दोस्रो पटक म्याद थप गरेको थियो ।
कोरोना कालमा करिब डेढ वर्ष कामै नभएका कारण पटक पटक म्याद थप्नु परेको चिनियाँ ठेकेदार कम्पनीले जनाउँदै आएको छ । सडक निर्माणको लागत नबढ्ने गरी म्याद थपबारे निर्णय गर्न लागिएको दाउन्ने गैडाकोट खण्डका प्रमुख इन्जिनियर आशिष थापा मगरले बताए ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० १०:२३













