भ्रष्टाचारको छानबिन गर्न आयोग गठन गर्न सांसद केसीको माग

काठमाडौं— प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले भ्रष्टाचारको छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा निष्पक्ष, पारदर्शी, स्वतन्त्र र सर्वाधिकार सम्पन्न आयोग गठन गर्न माग गरेका हुन् ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० १३:१२













