अर्थमन्त्री अनुपस्थित भएपछि १५ मिनेटका लागि संसद् बैठक स्थगित

काठमाडौं— प्रतिनिधि सभामा अर्थमन्त्री डा. प्रकाशशरण महत नभएको भन्दै प्रतिपक्ष दलका सांसदहरूले विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ ।
बैठकमा आ.व. २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भइरहेको थियो । छलफलकै क्रममा अर्थमन्त्री महत बैठकमा अनुपस्थित भएसँगै बैठक सञ्चालनमा प्रतिपक्ष दलका सांसदहरूले अवरोध गरेका हुन् ।
बैठक स्थगन बारे जानकारी दिँदै सभामुख देवराज घिमिरेले भने – 'केही प्राविधिक समस्याको कारणले अर्थमन्त्रीज्यूको उपस्थिति केही कारणले ढिला भइरहेको हुँदाखेरि १५ मिनेटको लागि यो बैठक स्थगन हुन्छ । त्यसपछाडि फेरि सुचारु हुनेछ ।'
बैठक १५ मिनेट पछि पुनः सुचारु हुने सभामुख घिमिरेको भनाई छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० १४:१८













