News Griha :: न्यूजगृह
टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्लामा सर्कुलर
फाइल तस्बिर ।

काठमाडौं— पूर्वउप्रधानमन्त्रीसमेत रहेका एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको छ । भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोप लागेका रायमाझीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ । 

गत बुधबारदेखि फरार रहेका रायमाझी प्रहरीलाई आफैँ आउँछु भन्दै ढाँटेर भागेका छन् । प्रहरी प्रवक्ता कुवेर कडायतले फरार व्यक्ति पक्राउ गर्न यसरी सर्कुलर गर्नु नियमित प्रक्रिया भएको बताए । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १८:५२
Weather Update