News Griha :: न्यूजगृह
नख्खु–भैँसेपाटी सडक समयमै निर्माण नभएपछि स्थानीयले सुरु गरे धर्ना

ललितपुर— ललितपुरको नख्खु–भैँसेपाटी सडक खण्ड समयमा नै निर्माण नभएको भन्दै स्थानीयले सडक बन्द गरिदिएका छन् । नख्खु–भैँसेपाटी सडक खण्ड नबनाएर लामो समयदेखि अलपत्र छाडेको भन्दै उनीहरूले सोमबार सडक बन्द गरिदिएका हुन् ।

स्थानीयहरूले सडक अवरुद्ध गरेपछि सवारी साधनहरू वैकल्पिक मार्ग हुँदै सञ्चालन भएका छन् । लामो समयदेखि सडक अलपत्र पार्दा धुलो र हिलोले स्थानीय बिरामी पर्न थालेको र सो सडक हुँदै आवाजजावतमा समस्यमा भएकाले बाध्य भएर दबाब दिन सडक बन्द गर्नुपरेको उनीहरूको भनाइ छ ।

ललितपुर महानगरपालीका वडा नम्बर १८ का वडाध्यक्ष दामोदर खड्काले लामो समयदेखि सडक नबनाउँदा समस्या भोग्नुपरेको भन्दै बाध्य भएर सर्वसाधारहरू विरोधमा उत्रन बाध्य भएको बताए ।

पाँच किलोमिटर लम्बाइको नख्खु–भैसिपाटी–बुङमती सडक निर्माणको काम वि.सं. २०७३ देखि सुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्ग लगायतका संरचना निर्माण गरिने भन्दै भत्काइएको सडक पूर्णरुपमा निर्माण हुन सकेको छैन ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १९:२९
Weather Update