प्रि–बजेटमा छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं— मंगलबार पनि प्रि–बजेटका बारेमा छलफल हुने भएको छ । आइतबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आइतबार पनि प्रि–बजेटका बारेमा छलफल हुन लागेको हो ।
जसअनुसार वैशाख २५ देखि २८ गतेसम्म प्रि–बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले जानकारी दिएका थिए ।
उनका अनुसार प्रि–बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात २७ वैशाखमा अर्थमन्त्री प्रकाशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भए अनुसार प्रि– बजेटमा निरन्तर छलफल जारी राखिएको हो ।
संवैधानिक व्यवस्था अनुसार १५ जेठमा आउन लागेको बजेटको पूर्वसन्ध्यामा राजनीतिक दलहरूले प्रि–बजेटका बारेमा छलफल सुरु गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८० ०७:१०













