एमालेको सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दैछ ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने विषयमा छलफल हुनेछ ।
बैठकले केन्द्रीय समितिका एजेन्डा तय गर्नेछ । केन्द्रीय समिति बैठक २८ वैशाखदेखि सुरु हुँदैछ ।
झापामा हुने भनिएको बैठक संघीय संसद्मा नीति तथा कार्यक्रम र बजेटलगायतका विषय छलफल गर्नुपर्ने भन्दै काठमाडौंमा सारिएको छ ।
गत ४ मंसिरमा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रासरुटको समीक्षालगायतका एजेन्डा आगामी बैठकमा छलफल हुनेछ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८० ०७:२२













