News Griha :: न्यूजगृह
एन्फाले पारित गर्‍यो ६७ करोड बढी बजेट

काठमाडौं— अखिल नेपाल फुटबल संघ (एन्फा) ले ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँ बजेट पारित गरेको छ ।

सोमबार बसेको एन्फाकाे आकस्मिक कार्यसमिति बैठकले ६७ करोड बढीको बजेट पारित गरेको हो ।

बजेट पारितसहित एन्फाले विभिन्न ११ निर्णयसमेत गरेको जानकारी सार्वजनिक गरेको छ ।

एन्फा कम्प्लेक्समा बसेको बैठकले स्थानीय सरकार तथा सरोकारवालासँगको सहकार्यमा न्यूनतम ३ वटा महिला एकेडेमी, २ वटा पुरुष र ६ वटा क्लब सञ्चालन गर्ने निर्णय लिएको एन्फाले जनाएको छ ।

anfa11683601857.jpg

anfa1683601881.jpg

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०८:५५
Weather Update