News Griha :: न्यूजगृह
झट्केलो छोरोप्रति रमेशजंग रायमाझीको स्पष्टीकरण : हराएका माननीयको खोजी गरेको हो
फाइल तस्बिर ।

काठमाडौं— राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीप्रति भनेका शब्दहरू देशको माननीय हराएका कारण खोजी गरेको रूपमा लिन आग्रह गरेका छन् । 

मङ्गलबार राष्ट्रिय सभाको बैठकमा समय माग गरी बोल्दै उनले यस्तो स्पष्टीकरण दिएका हुन् । उनले आफूले वैशाख २४ गतेको बैठकमा बोल्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झट्केलो छोरोको रूपमा भनेपनि आफ्नै छोरो हो भनिदिएको भए झनै राम्रो हुने रहेछ भन्दै व्यङ्ग्य गरे । 

‘मैले अस्ति बोल्ने क्रममा देशको माननीय हराएको र सरकारले माननीयलाई खोजिरहेको र बन्धु भएको कारणले धेरै चासो राखेको हो मैले । यो विषयमा उहाँहरुले आफ्नै सन्तान बनाउन हिजो साथीहरूले भन्नुभयो,’ उनले भने, ‘मैले उहाँहरूको आफ्नै सन्तान हो, झट्केलो होइन भनेको भए खुशी हुनुहुन्थ्यो ।’

राष्ट्रिय सभा सदस्य रायमाझीले सांसद रायमाझीलाई प्रतिपक्षले आफ्नै छोरो बनाएको बताए । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ११:१०
Weather Update