News Griha :: न्यूजगृह
सरकारले भुटानी शरणार्थी प्रकरणको सत्य तथ्य बाहिर ल्याउनुपर्छ: अनिता देवकोटा

काठमाडौं— राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रुपमा गम्भीर ढंगले छानबिन गर्नुपर्ने बताएकी छिन् ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले जनता वास्तविकता र सत्य तथ्य बुझ्न चाहिरहेको उल्लेख गर्दै अपराधलाई संरक्षण गर्नु नहुने बताए । उनले भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रुपमा नै नेपालको छवि नराम्रो बनाएको बताए । प्रकरणबारे निष्पक्ष छानबिन गरी सत्य तथ्य बाहिर ल्याइ दोषीलाई कारबाही गर्न उनले माग गरे । 

सांसद देवकोटाले जनतालाई यस घटनाबारे सत्य तथ्य बुझाउनुपर्ने बताउँदै उनले भने, 'नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रुपमा गम्भीर ढंगले छानबिन गर्नुपर्छ । जनता वास्तविकता र सत्य तथ्य बुझ्न चाहिरहेका छन् । अपराधलाई संरक्षण गर्नु हुँदैन । यो मुद्दाले अन्तर्राष्ट्रिय रुपमा नै नेपालको छवि नराम्रो बनाएको छ । निष्पक्ष छानबिन गरी सत्य तथ्य बाहिर ल्याइ दोषीलाई कारबाही गर्न माग गर्दछु ।'

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ११:५५
Weather Update