News Griha :: न्यूजगृह
कर्मचारीले ३ प्रतिशतसम्म साइनिङ मनी लिन्छन् : सांसद देवेन्द्र दाहाल

काठमाडौं— राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरूको मिलेमतोमा हुने गरेको बताएका छन् । 

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद दाहालले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारका प्रतिवद्धताहर पनि माग गरे । उनले कर्मचारीले साइनिङ मनीको रुपमा ३ प्रतिशतसम्म लिने गरेको उल्लेख गर्दै त्यस्ता कामहरू रोक्नका लागि सरकारले कस्ता कदम चालिरहेको छ भन्दै प्रश्न गरे । 

उनले भने, 'ठाडै ढंगले सचिवबाट हामीले रिपोर्टिङको क्रममा सुन्यौँ, कर्मचारीले साइनिङ मनी लिने । सुरुमा साइन गर्दा, यही सदनमा मैले उठाएको थिएँ । साइनिङ मनी लिने, २,३ प्रतिशत कति हुन्छ, त्यो गोजीमा हाल्ने, ठेकेदारले मोबिलाइजेशनको रकम लिने, त्यो रकम अर्को काममा लगाउने । यो भइसकेपछि आयोजना त लथालिंग हुन्छन्, त्यो आयोजना त अघि बढ्दैन । यस्तै क्रमले यो क्रम अघि बढिरहेको छ । तलबाट भ्रष्टाचारको पुलिन्दा थपिँदै गइरहेका छन् ।' 

राष्ट्रिय सभा सदस्य दाहालले कर्मचारी, ठेकेदार र नेताहरूको मिलेमतोमा भ्रष्टाचार हुने गरेको दाबी गरे ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १२:४०
Weather Update