
काठमाडौं— नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्ता गठबन्धन फेरबदल नभइ अर्थतन्त्र चलायमान बन्न नसक्ने टिप्पणी गरेका छन् ।
मङ्गलबार प्रतिनिधि सभाको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि बोल्दै उनले वर्तमान गठबन्धन परिवर्तन नगर्ने हो भने देशको अर्थतन्त्र दुर्घटना हुने निश्चित रहेको बताए ।
‘सरकार चलेकै छैन, सरकारका संयन्त्र चलेकै छैनन् । कर्मचारीतन्त्र चलैकै छैनन् । कर्मचारीले विश्वास गरेका छैनन् । विदेशीले विश्वास गरेका छैन । नेपाली लगानीकर्ताले विश्वास गरेका छैन,’ उनले भने, ‘अब यो जोडी कायम राख्ने कि जोडी बदल्ने कि छोड्ने यो ठाउँमा छलफल गर्नुपर्छ । यही जोडी कायम राख्ने हो भने प्रधानमन्त्रीको फिल्म सुपर फ्ल्प हुने निश्चित छ ।’
सांसद भट्टराईले वर्तमान अर्थतन्त्र उकास्नका लागि सत्ता गठबन्धनमा फेरबदल आउनु अनिवार्य रहेको उल्लेख गरे ।













