जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बुधबार

काठमाडौं— जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्ने भएको छ ।
विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका समसामयिक विषयमा निर्णय गर्न बैठक बोलाइएको हो ।
पार्टी कार्यालय ललितपुरमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८० १९:३२













