News Griha :: न्यूजगृह
प्रि–बजेटमा आज सांसदहरूको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

काठमाडौं— बुधबार प्रि–बजेटमा सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिने भएका छन् ।

गत आइतबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म प्रि–बजेटमा सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।

२५ वैशाख २५ देखि प्रि–बजेटमा छलफल भएअनुसार सांसदहरूले आा–आफनो धारणा राखिसकेका छन् ।

अर्थमन्त्री डा.महतले राष्ट्रिय सभामा सा‌सदहरूले उठाएका सवालको जवाफहरू भने मंगलबार दिइसकेका छन् । उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन् ।

संवैधानिक व्यवस्था अनुसार १५ जेठमा आउन लागेको बजेटको पूर्वसन्ध्यामा राजनीतिक दलहरूले  प्रि–बजेटमा छलफल सुरु गरेका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०६:१९
Weather Update