News Griha :: न्यूजगृह
राप्रपाले अवरोध गरेपछि १५ मिनेटका लागि संसद् बैठक स्थगित

काठमाडौं— प्रतिनिधि सभाको बुधबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले बोल्न नपाएको भन्दै बैठक अवरुद्ध गरेका छन् । 

बैठक सुरु भएको सुरुमै बोल्न समय नदिएको भन्दै राप्रपाले अवरुद्ध गरेको हो । राप्रपाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूले उठेर नाराबाजी गरेका थिए ।

राप्रपा सांसदले पटक-पटक समय माग्दा पनि सभामुखले समय नदिएर स‌ंसद्को नियमित कामकारबाही अघि बढाउन खोजेपछि राप्रपा सांसदहरूले अगाडि आएर नाराबाजी गरेका हुन् । संसद्मा राप्रपाको अवरोध जारी रहेपछि सभामुखले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका छन् । 

आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)मा छलफल गर्नुपर्ने भएकाले अहिलेलाई शून्य समयको मात्र व्यवस्था गरिएको भन्दै सभामुख घिमिरेले बैठक चल्न सहयोग गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ११:२८
Weather Update