News Griha :: न्यूजगृह
भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त : सांसद चौधरी

काठमाडौं— नेपाली कांग्रेस सांसद विनोद चौधरीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । बुधवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग उनले भ्रष्टाचारका कारण आम नागरिक पीडित बनेको बताए ।

‘भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भएको छ, विकासका कामहरू रोकिएका छन्, भ्रष्टाचारको आडमा कुरा नमिल्दा अड्किएका छन्, सबैलाई एकै घानमा हाल्नु हुँदैन, यो सबै प्रक्रियालाई पारदर्शी बनाउनुपर्छ, कुनै कम्परमाइज गर्नु हुँदैन’, सांसद चौधरीले भने । 

उनले भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त भएको दाबी गरे । उनले भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भइरहेको बताए । भ्रष्टाचारका प्रक्रियालाई पारदर्शी बनाइनुपर्ने सांसद चौधरीले बताए  । 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १२:२४
Weather Update