News Griha :: न्यूजगृह
नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसद्मा जानकारी गराउन माग
फाइल तस्बिर ।

काठमाडौं— १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक सुरु भएको छ । सभामुख देवराज घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिएपछि बैठक अवरोधबिना चलिरहेको छ । 

लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणको कुनै पनि दोषी जोगाउने काम सरकारले नगर्न खबरदारी गर्दै उनले यो प्रकरण गम्भीर अपराध रहेको बताए । 

साथै, उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सदनलाई जानकारी गराउनुपर्ने माग गर्दै सरकारको नाममा रुलिङ जारी गर्न माग गरे । 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १२:२५
Weather Update