रास्वपा सांसद भन्छन्— नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको काम सह्रानीय

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद गणेश पराजुलीले नक्कली भुटानी शरणार्थी प्रकरणलाई टुङ्गोमा नपुर्याए र अपराधी भनिएकाहरूलाई पक्राउ गरी कारबाही नगरे विरोधमा उत्रिने बताएका छन् ।
संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग उनले सरकारले देखाएको पहलकदमी सह्रानीय रहेको उल्लेख गर्दै राजनीतिक दाउपेचमा नेता बचाउने प्रयास भए सह्य नहुने बताए ।
सांसद पराजुलीले आफ्नो पार्टीले भ्रष्टाचारको विरुद्धमा सधैँ आवाज उठाइरहने बताए ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० १२:३५













