एमालेले गर्यो नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित सचिव रायमाझीलाई निलम्बन

काठमाडौं— नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पार्टी सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ ।
एमाले महासचिव शंकर पोखरेलले बुधबार एक विज्ञप्ति जारी गर्दै यससम्बन्धी अनुसन्धान र कानुनी कारबाहीको प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरेको जानकारी दिएका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० १४:०४













