News Griha :: न्यूजगृह
तीन शीर्ष नेताबीच भेटवार्ता

काठमाडौं— तीन ठूला दलका शीर्ष नेताबीच बुधबार सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शरेबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।

भेटमा संवैधानिक परिषद्सम्बन्धी विधेयक तथा सङ्क्रमणकालीन न्याय निरूपणसम्बन्धी विधेयकका सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाकारी दिए । 

‘शीर्ष नेताहरू हिजो पनि छलफलमा हुनुहुन्थ्यो, आज सोही छलफलको निरन्तरता हो,’ उनले भने । रासस

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १५:२५
Weather Update