News Griha :: न्यूजगृह
अर्थमन्त्री भन्छन्— बजेट छर्ने दबाब छ

काठमाडौं— अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट छर्ने दबाब रहेको बताएका छन् । आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधि सभाका सदस्यहरूबाट उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री महतले आफूलाई बजेट छर्ने दबाब रहेको बताएका छन् ।

‘हाम्रा महत्त्वाकांक्षा र आवश्यकताहरू थुप्रै छन्, तर हाम्रो साधन र स्रोतको सीमितता छ । थोरै स्रोत र साधनले धेरै आवश्यकता र महात्त्वाकांक्षालाई कसरी पूर्ति गर्ने भन्ने चुनौती छ’, उनले भने, ‘अहिले पनि बजेट छर्ने दबाब छ । त्यो स्वाभाविक पनि हो । तर बजेटमा क्षेत्रगत प्राथमिकताभित्र पनि अर्को प्राथमिकता निर्धारण गर्नुपर्ने भएको छ ।’

क्रमागत र बहुवर्षीय आयोजनाको दायित्व निकै धेरै रहेकोले नयाँ योजना र कार्यक्रमका लागि बजेट व्यवस्थापन गर्न चुनौती हुने उनले बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १९:१९
Weather Update