News Griha :: न्यूजगृह
जसपा बैठकले के गर्‍यो निर्णय ? 

काठमाडौं— जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले विधान अधिवेशन आगामी असारमा गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालयमा बुधबार बसेको कार्यकारिणी समितिको बैठकले ९, १० र ११ असारदेखि विधान अधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

उनका अनुसार यसअघि सो अधिवेशन १ जेठदेखि काठमाडौंमा गर्ने तय भएकामा तयारी नपुगेकाले ९ असारलाई सारिएको हो ।

यसैगरी बैठकले नागरिकतासम्बन्धी विधेयक अविलम्ब प्रमाणीकरण गरी कार्यान्वयनमा ल्याउन राष्ट्रपतिसमक्ष आग्रह गर्ने निर्णय गरेको छ ।

प्रदेश नं १ को नाम ‘कोशी’ राखिएको विरुद्ध जारी आन्दोलनमाथि दमन बन्द गर्न तथा आन्दोलनकारीसँग वार्ता गरी निकास खोज्न पनि सो पार्टीले माग गरेको छ ।

बैठकले भुटानी शरणार्थी समस्यासम्बन्धी निष्पक्ष छानबिन गरी दोषी देखिएमा कानुनी दायरामा ल्याउन र कानुनी प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरिएको कार्यकारिणी समिति सदस्य थापाले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  २२:१४
Weather Update