कांग्रेस पदाधिकारी बैठक बस्दै, बालकृष्ण खाणको विषयमा छलफल हुने

काठमाडौं— नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई जिम्मेवारीबाट निलम्बन गर्ने नगर्ने निर्णय गर्न पदाधिकारी बैठक बोलाइएको हो ।
बुधबार साँझ पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले खाणको विषयमा निर्णय गर्न नसकेपछि बैठक बिहीबार बस्न लागेको हो ।
बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाण पक्राउ परिसकेको अवस्थामा उनलाई पार्टीले पनि निलम्बन गर्नुपर्ने धारणा राखेका थिए । यद्यपि यसबारे सभापति देउवाले कुनै प्रतिक्रिया नदिएको बुझिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८० ०६:०९













