केन्द्रीय कमिटी बैठक
एमाले केन्द्रीय कमिटी बैठक आजबाट

काठमाडौं— नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बिहीबारबाट सुरु हुँदै छ । एमालेका अनुसार केन्द्रीय कमिटी बैठक बिहीबारदेखि ३ जेठसम्म चल्नेछ ।
केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकका एजेन्डा पार्टीको सचिवालयल बैठकले यसअघि नै तय गरिसकेको छ । बैठकमा ‘मिसन ग्रासरुट’अभियानको समीक्षा गर्ने तयारी छ ।
बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका सचिव टोपबहादुर रायमाझी मुछिएको विषयमा पनि बैठकमा छलफल हुनेछ ।
पक्राउ पुर्जी जारी भए पनि रायमाझी पक्राउ परेका छैनन् । रायमाझीलाई एमालेले निलम्बन भने गरिसकेको छ ।
यसबाहेक बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८० ०६:१८













