सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँ कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८० ११:४६













