News Griha :: न्यूजगृह
‘गठबन्धनको नाममा विकृत राजनीतिक अभ्यास’

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा अलोकतान्त्रिक र विकृत राजनीतिक अभ्यास भएको उल्लेख गरेका छन् ।  

एमाले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, ‘पछिल्लो समय बिना कुनै सैद्धान्तिक या नीतिगत आधार जो कसैसँग गठबन्धन गर्ने, निर्वाचनमा जसरी पनि जित्नका लागि जो कसैसँग गठबन्धन बनाउने, जस्तोसुकै कुकर्म गर्ने र गठबन्धनलाई अनुत्तरदायी, दोहनकारी र अलोकतान्त्रिक शासनको हतियार बनाउने क्रम बढेको छ ।’

केही दर्जन विद्यार्थी पढ्ने क्याम्पसका स्ववियु निर्वाचनमा समेत यस्तो विकृति झाँगिदै गएको र समाजलाई नै प्रदुषित गरिरहेको उनको भनाइ छ । 

अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा राजनीतिक, आर्थिक, भूराजनीतिक, सांगठनिक विषय समेटेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १४:५७
Weather Update