News Griha :: न्यूजगृह
विज्ञापन बोर्डविरुद्ध आन आन्दोलनमा

काठमाडौं— नेपाल विज्ञापन संघ (आन)ले विज्ञापन ऐन, विज्ञापन बोर्ड गठन र एकद्वार विज्ञापन नीतिको विरुद्धमा आन्दोलन थालेको छ । 

बिहीबार काठमाडौंको बबरमहलमा नेपाल विज्ञापन बोर्डको भवन अगाडि आनका पदाधिकारीहरूले धर्ना दिएका छन् । 

विज्ञानपन संघका अध्यक्ष सोम धितालले विज्ञानपन बोर्डमा व्यवसायीको प्रतिनिधित्व नसमेटिएको भन्दै आपत्ति जनाए । 

उनले बोर्डमा सरकारी कर्मचारी र सञ्चार माध्यमका प्रतिनिधि मात्र हुने गरी ऐन बनाइएको भन्दै विज्ञापन व्यवसायीहरू मारमा परेको गुनासो गरे । 

उनले भने, ‘विज्ञानपन बोर्डमा व्यवसायीको प्रतिनिधित्व भएन । सरकारी कर्मचारी र सञ्चार माध्यमका प्रतिनिधि मात्र विज्ञानपन बोर्डमा हुने बनाइयो । हामीले २ वर्ष अगाडि देखि विरोध गरिरह्यौ । पख्नुस् तपाईंहरूको पनि प्रतिनिधित्व हुन्छ भनेर सरकारले अल्मलाइरह्यो ।’

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १५:१४
Weather Update