News Griha :: न्यूजगृह
मधेस प्रदेश सरकारको नेतृत्वमा लोसपाले दाबी गर्छ : महन्थ ठाकुर

काठमाडौं— लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन गरी सरकार पुनर्गठन हुनुपर्ने बताएका छन् । 

बिहीबार जनकपुरधाम विमानस्थलमा अध्यक्ष ठाकुरले गठबन्धनको मर्म अनुसार उपचुनाव अगाडि भएको सम्झौताबमोजिम नै मधेस प्रदेशमा पनि सरकारको नेतृत्व र स्वरूप परिमार्जन हुनुपर्ने धारणा रखेका छन् । 

ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्वमा लोसपाको समेत दाबी रहने बताएका छन् ।

‘यो पहिलेनै सहमति भइसकेको छ, उपचुनावबाट मधेसमा मात्रै हैन कि अन्य प्रदेशमा पनि फेरबदल भइरहेको छ, यहाँको बाँकी छ,’ उनले थपे, ‘नेतृत्वमा लोसपाले दाबी किन नगर्ने ? गर्छ ।’ 

फरक प्रसंगमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन भइरहेकाले सबैले सहयोग गर्नुपर्ने धारणा राखेका छन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १५:२७
Weather Update