काठमाडौं— राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले कृषि मन्त्रालय विघटन गर्नुपर्ने बताएका छन् ।
बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले ८५ प्रतिशत तकारी बाहिरबाट आयात गर्नुपर्ने र खाद्यान्न पनि ठूलो मात्रामा विदेशबाट आयात गर्नुपर्ने स्थिति राखिराख्ने हो भने कृषि मन्त्रालयको आवश्यकता नरहेको जिकिर गरे।
रायमाझीले भने, ‘कृषि मन्त्रालयको विघटन गर्नुपर्ने जस्तो देखेँ मैले, तरकारी पनि ८५ बाहिरबाट ल्याउनुपर्ने, खाद्यान्न पनि बाहिरबाट ल्याउने हो भने यो मन्त्रालयको के काम छ रु जे को लागि यो मन्त्रालय हामीलाई चाहिने हो, त्यो नहुने भएपछि के को लागि यो मन्त्रालय बनाइराख्ने रु यो मन्त्रालय सबैभन्दा धेरै मन्त्री परिवर्तन हुने मन्त्रालय पनि भएको छ ।’
उनले आवश्यक कामको पूर्ति गर्न नसक्ने हो भने मन्त्रालय बनाइरहनुको कुनै औचित्य नरहने बताए। रायमाझीले कृषि मन्त्रालय सबैभन्दा धेरै मन्त्रीहरू परिवर्तन भइरहने मन्त्रालय रहेको उल्लेख गरे। उनले किसानलाई बालीनालीका लागि असारमा चाहिने मल बाली पाक्ने बेलामा ल्याउनुको औचित्य मन्त्रालयले पुष्टि गर्न सक्नुपर्ने बताए।
रायमाझीले नेपाललाई ६ लाख मेट्रिकटन मल आवश्यक रहेपनि ४ लाख भन्दा आउन नसकेको गुनासो गरे ।













