News Griha :: न्यूजगृह
शरणार्थी प्रकरण : नेसपाको धारणा के हो ?

काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) ले आफ्नै देशका नागरिकलाई अनारिक बनाएर विदेशमा मानव तस्करी गर्न राज्यकै उच्च तहका पदाधिकारीले राज्यशक्तिको चरम दुरुपयोग गर्नु निकृष्टतम अपराध रहेको बताएको छ ।

‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर विदेशमा मानवतस्करी गर्नु र त्यस निम्ति राज्यको उच्च तहमा रहेकाहरुले नै निजी लाभका निम्ति राज्यशक्तिको चरम दुरुपयोग गर्नु निकृष्टतम अपराध हो,’नेसपा अध्यक्ष डा.बाबुराम भट्टराईद्वारा हस्ताक्षरित वक्तव्यमा उल्लेख छ ।

नेसपाले हालसम्म नेपाल प्रहरीले गरेको तादरुकतालाई प्रशंसा गरेको छ । अनुसन्धानलाई निष्पक्ष ढंगले छिटो अगाडि बढाएर तार्किक निष्कर्षमा पुर्‍याउन पनि नेसपाले माग गरेको छ ।

कुनै पनि बहानामा निर्दोषलाई नफसाउन पनि नेसपाले सरकारलाई खबरदारी गरेको छ । वक्तव्यमा भनिएको छ,‘कुनै पनि वहानामा अपराधीलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन पनि नेसपा खबरदारी गर्दछ ।’

हेर्नुहोस् वक्तव्य

nsp1683807653.jpg

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १८:०५
Weather Update