News Griha :: न्यूजगृह
प्रधानमन्त्रीलाई भेटे देउवाले, आधा घण्टा कुराकानी

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ । दुई नेताबीच आधा घण्टा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

भुटानी शरणार्थी प्रकरणमा आफ्ना प्रभावशाली नेता बालकृष्ण खाण पक्राउ परेपछि निकै तनाबमा रहेका सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई लिएर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका हुन् ।

‘शरणार्थी प्रकरणमा देउवा पत्नी आरजु राणा पनि संलग्न’ भन्ने खबर आइरहँदा देउवाले प्रधानमन्त्रीलाई भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । तर प्रचण्ड सचिवालयले भने प्रधानमन्त्री र कांग्रेस सभापतिबीच सरकारका नीति तथा कार्यक्रम र बजेटलगायत विषयमा कुराकानी भएको बताएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  २२:२२
Weather Update