एमाले केन्द्रीय कमिटी बैठक
एमाले केन्द्रीय कमिटी बैठक : आजदेखि प्रतिवेदनमाथि समूहगत छलफल हुने

काठमाडौं— बिहीबारदेखि पार्टी कार्यालय च्यासलमा सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रतिवेदनमाथि (आज) शुक्रबारदेखि समूहगत छलफल हुने भएको छ ।
बिहीबारको बैठकमा मिसन ग्रासरुट अभियानबारे प्रदेशगत रूपमा तयार पारिएका प्रतिवेदन प्रस्तुत गरिएको थियो । बाँकी रहेका प्रतिवेदन शुक्रबार प्रस्तुत गर्ने तयारी छ ।
प्रतिवेदनमाथि समूह बनाएर छलफल गरिने एमालेले जनाएको छ । समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव प्रस्तुत गर्नेछन् ।
बैठक शनिबारसम्म चल्नेछ ।
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८० ०६:०३















