News Griha :: न्यूजगृह
शरणार्थी प्रकरण : कांग्रेस भन्छ– दोषी उम्कनु हुँदैन, निर्दोष पर्नु हुँदैन

काठमाडौं— नेपाली कांग्रेसको पदाधिकारी बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्कन नदिने र निर्दोष पर्न हुँदैन भन्ने निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार साँझ बसेको बैठकले दोषीलाई उम्कन नदिने र निर्दोष पर्न हुँदैन भन्ने निष्कर्ष निकालेको हो ।

‘बैठकमा नेता बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने विषय कुरा उठेको थियो तर कुनै निर्णय भएको छैन’, बैठकक बारेमा जानकारी दिँदै सहमहामन्त्री जीवन परियारले भने,‘छानबिन प्रक्रिया जारी छ, अनुसन्धान नसकिएको हुनाले अहिले नै निष्कर्षमा पुग्नु उचित हुँदैन ।’

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०७:४४
Weather Update