यस्तो छ तरकारीको मूल्यसूची

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।
सूचीअनुसार दसहरि आँप र मालदह आँपको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार २५० रुपैयाँ र किवी ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
त्यसैगरी नेपाली ठूलो गोलभेँडा ५० रुपैयाँ, अदुवा २०० रुपैयाँ, रातो आलु ३२ रुपैयाँ, सेतो आलु २५ रुपैयाँ मूल्य रहेको छ ।
स्थानीय काउली ५० रुपैयाँ, कागती २०० रुपैयाँ, सुकेको खुर्सानी ४४० रुपैयाँ र हरियो खुर्सानी १३० रुपैयाँ प्रतिकेजी कायम भएको समितिले जनाएको छ ।
हेर्नुहोस् सूची



प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८० ०८:३०













