News Griha :: न्यूजगृह
गण्डकी प्रदेश मन्त्रिपरिषद् विस्तार, शपथसँगै सबैको जिम्मेवारी तोकिने

पोखरा— गण्डकी प्रदेश मन्त्रिपरिषदको दोस्रोपटक विस्तार भएको छ । विस्तारित मन्त्रिपरिषद् नेपाली कांग्रेसबाट २, नेकपा माओवादी केन्द्रबाट २ र एकीकृत समाजवादीबाट १ गरी ७ सदस्यीय बनाइएको छ ।

पछिल्लो पटक शुक्रबार गरिएको मन्त्रिपरिषद् विस्तारमा ४ जना थपिएका छन् । जसमा कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा, एकीकृत समाजवादीबाट राजीव गुरुङ र माओवादीबाट रेशमबहादुर जुग्जाली नियुक्त भएका छन् ।

उनीहरूको शपथ कार्यक्रम शुक्रबार अपराह्न ४ बजेका लागि राखिएको छ । उनीहरूलाई तोकिएको मन्त्रालयको नाम भने शपथसँगै सार्वजनिक गर्ने जानकारी गराइएको छ । 

९ वैशाखमा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत १४ वैशाखमा सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए ।

गत १५ वैशाखमा सपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १४:२७
Weather Update