उत्पादनमुखी बजेट ल्याउन चेम्बरको सुझाव

काठमाडौं— नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आगामी बजेट वितरणमुखी नभई उत्पादनमुखी ल्याउन अर्थमन्त्री डा.प्रकाशशरण महतलाई सुझाव दिएका छन् ।
शुक्रबार आगामी बजेटमा सुझाव दिँदै चेम्बरका अध्यक्ष मल्लले वितरणमुखी नभई उत्पादनमुखी बनाउन आग्रह गरेका हुन् ।
उनले आगामी वर्षको बजेट यथार्थपरक र कार्यान्वयन योग्य तथा चुस्त दुरुस्त हुनपर्नेमा जोड दिए ।
अर्थतन्त्रलाई चलायमान बनाउन एवम् वर्तमान शिथिल अर्थतन्त्रलाई उकास्नका लागि बजेट उत्पादनमुखी हुनुपर्ने माग चेम्बरको रहको मल्लको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८० १९:१८













