News Griha :: न्यूजगृह
सर्‍यो एमाले स्थायी कमिटी बैठक

काठमाडौं— नेकपा एमालेको शुक्रबार बस्ने भनिएको स्थायी कमिटी बैठक सरेको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले शुक्रबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक सरेको जानकारी दिए ।

उनका अनुसार समय अभावको कारणले बैठक शनिबार बिहान ८ बजेका लागि सारिएको हो । बैठक ललितपुरस्थित एमाले मुख्यालयमा बस्नेछ ।

केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गरिनेछ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  २१:०१
Weather Update